Websoft University

लागुऔषधसहित दुई पक्राउ


काठमाडौँ, कात्तिक ३ गते ।रातो तारा डट कम,
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अन्सारीलाई नागढुङ्गाबाट र लामालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले पक्राउ परेकासँग ५०÷५० एम्पुल डाइजेपाम, फेनार्गन र नुर्फिन बरामद गरिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.