Websoft University

वृद्धवृद्धालाई एक वर्षका लागि खाद्यान्न

काठमाडौ -पाल्पा, कात्तिक २ गते । रातो तारा डट कम,
 केलादीधाम वृद्धाश्रममा बसोबास गर्दै आइरहेका वृद्धवृद्धालाई एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नेपाल नेम्वार्क पीठको केन्द्रीय कार्यालय रहेको केलादीधाम साँखरमा बसोबास गर्दै आइरहेका ३५ जना वृद्धवृद्धालाई मंगलबार पतञ्जलि आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा पवमान सुवेदीको आर्थिक सहयोगमा रामपुर पतञ्जलि योग समिति, पाल्पाका सदस्यमार्फत एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको हो ।

यहाँ बसोबास गर्ने वृद्धवृद्धालाई खाद्यान्न भोजनको समस्या समितिले जुटाउन नसक्दा साँझ बिहान हातमुख जोर्न निकै समस्या परेको थियो । रामपुर पतञ्जलि योग समितिका प्रधान संरक्षक दामोदर भण्डारीको पहलमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

वृद्धवृद्धा समाजका पाहुना भएकाले उनीहरुलाई बाँचुञ्जेलसम्म सम्मानजनक व्यवहार गर्न र वृद्धवृद्धाको जीवन खुशी र सुखी बनाउन पतञ्जलि आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा सुवेदीले एक वर्षसम्मका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।

वृद्धाश्रममै आएर खाद्यान्न सामग्री वितरण गरेपछि वृद्धवृद्धा निकै खुशी भएका छन् । यहाँ वृद्धवृद्धाका लागि बसोबासको व्यवस्था रहे पनि खानको लागि व्यवस्था आफैँले गर्नुपर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.