Websoft University

धार्मिक पर्यटनमा सहयोग गर्न मेयरहरु तयार

विराटनगर असोज २१ गते । रातो तारा डट कम,
पूर्वकै धार्मिक धरोहरका रुपमा रहेको चतराधामलाई धार्मिक पर्यटनकारुपमा अगाडि बढाउन सुनसरी र मोरङका मेयरहरु तयार देखिएका छन् ।

मोहनशरण देवाचार्य(बालसन्त) महाराजको अगुवाईमा सुनसरीको बराह नगरपालिकामा रहेको चतराधाममा शुक्रवार आयोजित कार्यक्रममा मेयरहरुले धार्मिक पर्यटन विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली,इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी,बराह नगरपालिकाका मेयर निलम खनाल र संस्कृत भाषाका ज्ञाता पुरुषोत्तम सापकोटालगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी पूर्वमा रहेको रामधुनी,विराट राजाको दरवार,बराहक्षेत्रको विकास संगै धार्मिक पर्यटन विकासमा सहयोग आदानप्रदान गर्न सकिने धारणा मेयरहरुले राखेका थिए । अव आउन लागेको कुम्भमेलालाई भव्य बनाउन के गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सहभागी मेयर तथा जनप्रतिनीधिहरुलाई बालसन्त महाराजले खादा,प्रमाणपत्र सहित सम्मान समेत गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.