शिव भट्टराई - सुनसरी, इटहरी असोज २६ गते । रातो तारा डट कम,
इन्द्रपुर जेसिजद्वारा सप्ताहब्यापि कार्यक्रम अन्तर्गत मैत्रिपूर्ण फूटबल प्रतियोगिता सुन्दरहरैचामा आज सम्पन्न भएको छ।
सो खेलमा जनप्रतिनिधिहरु र जेसिजका खेलडीहरु बीच भएको भिडन्तमा खेल दर्शकले हेर्ने खालको भएको थियो ।
आज भएको यस मैत्रिपूर्ण खेलमा इन्द्रपुर जेसिजका खेलाडीहरु द्वारा सुन्दरहरैचाका जनप्रतिनिधिहरुलाई ३ गोल लगाउनुको साथै सुन्दरहरैचाका जनप्रतिनिधिहरुले २ गोल मात्र लगाउन सकेका थिए।
कार्यक्रमको उदघाटन सुन्दरहरैचा नगरपालिकाको उपमेयर धना तमांग साथै सुन्दरहरैचाका कार्यकारी अधिकृत भानु नेउपानेद्वारा गरिएको थियो।
अन्त्यमा उपमेयर धना तमांगले बिजय खेलाडीहरूलाइ पुरस्कार बितरण गरिएको थियो।
Post a Comment