Websoft University

विराटनगरको ब्यस्त बजारमा दिउसै चोरी- प्रहरीको सुरक्षा निरीह


बिराटनगर असोज २६ गते । रातो तारा डट कम,
विराटनगर – १२ का दामोदर सापकोटाको तीन लाख रुपैयाँ विराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाट चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसाँ बुधबार दिउँसो चोरी भएको सापकोटाले बताउनभयो ।

घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेर ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरीकताको फोटोकपी गर्न लाग्दा चोरी भएको सापकोटाले बताए ।

‘पैसाको झोला टेबलमा राखेर नागरीकताको फोटोकपी गरेको हेर्दै थिए,’ उनले भने, ‘पछाडीबाट नचिनेको एउटा सानो बालक आएर अंकल तपाईको पैसाँ झर्याे भन्दै भुइमा देखायो । पैसाँ टिप्न खोज्दा त्यो बालक पैसाँको झोला बोहेर फरार भइसकेको रहेछ । उठेर हेर्दा ती बालकलाई कतै देखिन ।’ उनले भने, पैसाँ चोरी गर्न त्यो झरेको पैसाँ ती बालकले नै झारेको रहेछ ।’

उनले तत्काल प्रहरीलाई खबर गर्दा पनि अहिलेसम्म चोरलाई नभेटेको बताए । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले पैसाँ चोरी भएको जानकारी पाउनेसात प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले भने, ‘साधा पोशकमा पनि प्रहरी परिचालन गरि खोजी कार्य तिब्र बनाएका छौं ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.