Websoft University

बचत तथा ऋण सहकारी संस्थाको २१औ वार्षिक साधारण सभा संम्पन्न


शिव भट्टराई - सुनसरी,असोज २८ गते । रातो तारा डट कम,
सुन्दरहरैचा न.पा.मा सक्रिय रहेका बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था लि. ले आज २१औ वार्षिक साधारण सभा संम्पन्न भएको छ।


सहकारीले अहिले सम्म गरिएका सम्पूर्ण सहकारी संम्बन्धी क्रियाकलाप एवम् आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ।साधारण सभाले आफ्नो स्थापनाको २१औ वार्षिक साधारण सभा सम्ममा आईपुग्दा २४४१ शेयर सदस्यहरु बनाउन सफल भई आफ्न पहुँच बिस्तार गरेको प्रस्तोता चुडामडी दाहाल ले प्रतिबेदन मार्फ़त उल्लेख गरेका छन्।

यस साधारण सभामा बिभिन्न क्षेत्रका व्याक्तिहरूलाइ सम्मान
गरिएको थियो । त्यसैगरी नागरिक सम्मान कार्यक्रम,शेयर सदस्यका एसईई मा उत्कृष्ट अंक ल्याउनेका  छोरा छोरी लाई पुरस्कार दिई, सम्मान गरिएको छ।

यस साधारण सभामा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहाल,प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.मोरङ का उपाघ्यक्ष सोमनाथ निरौला तथा बिसेस अतिथि डिभिजन सहकारी कार्यालयका अधिकृत राम प्रसाद चापागाई लगायत अन्य अतिथिहरुले आफ्नु धारणा ब्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.