रबिन्द्र बराल रंगेली,माेरङ असाेज २९ गते,अाईतबार।
रातो तारा डट कम, माेरङकाे सुनवर्सि नगरपालिका २ स्थिति बिरेन्द्र सार्वजनिक उच्च माध्यमिक बिधालय काे प्रङग्णमा शनिबार काेचिला एकता माेर्चा काे केन्द्रीय समिति ले दिपावली,छठ,एकादशी पर्वकाे उपल्क्षय मा शुभकामना अादान प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज बिकाश केन्द्रीय समिति का अध्यक्ष तथा पुर्व राज्य मन्त्री भिम राजवंशी विशिष्ट अतिथि ईतिहास कार ठकनु लाल राजबंशी ,दिनेश राजवंशी,तेज नारायण राजवंशी ,मिस काेशी मा दाेस्राे स्थान हासिल गर्ने पदमा राजबंशी लगायकाे उपस्थित रहेको थियोे ।
कार्यक्रममा राजबंशी भेष भुष्षा र राजबंशी भषाकाे गितमा नृत्य समेत गरेका थिए । कार्यक्रम का प्रमुख अतिथि भीम राजवंशी ले भने राजवंशी समुदायको दिनप्रतिदिन यहिलेका युवा युवतिले अाफ्नाे काला र भेषभुसा मा ध्यान नदिएर अाधुनिक तिर लागेर तर अाफ्नाे भेष भुष्षा लाेपहुने अवस्थामा पुगेको हुनाले हामी सबै ले यसकाे जगेर्ना गर्ने जरुरी समेत रहेको बताउनुभयो । त्यसैगरी नृत्य र कला प्रदशन गर्ने हरुलाई सम्मान पत्र दिएर प्राेत्साहन गरेकाे र प्रमुख अतिथि बिष्ट अतिथि हरुलाई समेत सम्मान पत्र हस्तान्तरण गरेको बद्रि राजबंशीले बताउनुभयो ।
Post a Comment