युवराज ठकुरी-बिराटनगर असोज २७ गते ।
रातो तारा डट कम,हाइकुकार तिला लेकालीको दोस्रो हाइकु सङ्ग्रह "झ्याउकीरी झङ्कृत"आज एक भव्य कार्यक्रमको बीच बेलबारीमा लोकार्पण गरिएको छ।
स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङको सभातित्व र सुस्केरा समाजका अध्यक्ष जेवी थुलुङले सन्चालन गरेको कार्यक्रममा प्राज्ञ , साहित्यकार उपेन्द्र पागलको प्रमुख आतिथित्व ,प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलको विशिष्ट अतिथ्यता र डाक्टर गोपाल भण्डारी,पुण्यप्रसाद खरेल,कृष्णविनोद लम्साल,कृष्ण अधिकारी,देवी पन्थी कवि तथा बेलबारी नगरपालिकाका उपमेयर तारा पराजुली,कवि लिला अनमोल लगायतका थुप्रै सष्ट्राहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
विमोचित हाइकु सङ्ग्रहका बारेमा विशिष्ट अतिथि बद्री विशाल पोखरेलले विविध विषय र भाव समेटिएको कृति समग्रमा निकै गहकिलो रहेको बताए ।
लोकार्पण कार्यक्रम पछि एक दर्जन सष्ट्राहरुले प्रतिनिधिमुलक रचना वाचन गर्नुका साथै गायक सन्जिब धिमालले लेकालीद्वारा रचित गीत गाएर मनोरञ्जन दिलाएका थिए।
प्राध्यापन पेशामा सङ्लग्न लेकालीको पहिलो कृति गजल सङ्ग्रह र एक हाइकु सङ्ग्रह प्रकाशित छ भने केही गीत पनि रेकर्ड भएका छ्न।
Post a Comment