Websoft University

आचारसंहिताले गर्दा सरकारलाई अप्ठेरो नपरेको–प्रधानमन्त्री देउवा

विराटनगर भदौ २७ गते । रातो तारा डट कम
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो,“ आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको रहेको छ ।”

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुर रुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानविन भइरहेको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेस पार्टीको सभापतिसमेत रहनु भएको देउवासमक्ष पत्रकारको जिज्ञासामा उहाँले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवशयकताअनुसारनै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गर्नुभएकोछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.