Websoft University

बालकल्याण मन्च सिंहदेवीले विविध कार्यक्रम गरि बालदिवस मनायो


युवराज ठकुरी/सिंहदेवी,मोरङ-भदौ २९ गते । रातो तारा डट कम,विगत वर्षहरूमा झैँ यो वर्ष पनि केराबारी-२सिंहदेवीमा स्थापित बालकल्याण मन्चले बालदिवसको अबसर पारेर विविध कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

केराबारी-२ र कल्याणकारी माविको प्रायोजन र बालकल्याण मन्चको आयोजनामा प्रावि र निमावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता,बालबालिकाहरुको विभिन्न प्रतिभाहरु प्रस्तुत गर्दै बालदिवस मनाइएको कार्यक्रमका संयोजक विपन राईले बताए।

वडामा रहेका  चार विद्यालयहरु पन्चकन्या प्रावि,लक्ष्मी प्रावि,कल्याणकारी मावि र सरस्वती निमावि सहभागी भएको हाजिरी जवाफ प्रतियोगितामा प्रावि तर्फ लक्ष्मी प्रावि प्रथम,सरस्वती निमावि दोस्रो र कल्याणकारी मावि तेस्रो भएका थिए।त्यस्तै गरि निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कल्याणकारी मावि प्रथम,सरस्वती निमावि दोस्रो र कल्याणकारी मावि तेस्रो भएका थिए।

कार्यक्रममा लक्ष्मी प्रावि,उदाइरहेका युवा क्लब,पन्चकन्या प्राविका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै डीकलाल लिम्बू,विशाल लिम्बू र विष्णु ठकुरीले गीतले मन्त्रमुग्ध बनाएका थिए।

हाजिरी जवाफमा विजयीहरु र उत्कृष्ट नृत्यकारहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको संस्थाका अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताए।

त्यसै गरि नवनिर्वाचित वडाका जनप्रतिनिधि, संस्थालाई अमुल्य योगदान पुर्याउने व्यक्तित्व,शिक्षा क्षेत्रमा सफलहुने हरुलाई सम्मान गरिएको थियो। डब्लुविक्रम खाण ठकुरीको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य दिलिप ठकुरी अतिथिहरु वडा सदस्य खगेन्द्र जमरकट्टेल,विव्यस सल्लाहकार संयोजक खड्ग ठकुरी लगायत विद्यालयका प्रअ  प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.