विराटनगर, भदौ २७ गते । रातो तारा डट कम,
झापाको विर्तामोड युनाईटेड क्लब मोरङको लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ । राष्ट्रिय जागृति क्लब सुनसरीको चुनौती २–० गोल अन्तरले पन्छाउँदै आज विर्तामोडले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
लक्ष्मीमार्ग स्थित खेलमैदानमा भएको अन्तिम क्वाटर फाइनल खेलमा झापा ११ का खेलाडीका साथमा विर्तामोड मैदानमा उत्रिएको थियो । अत्यन्तै प्रतिष्प्रधात्मक र रोमाञ्चक खेलमा विर्तामोडले अग्रता लिननै ७२ मिनेट सम्म पर्खनु प¥यो । आशिष चापागाईको गोलमार्फत विर्तामोडले अग्रता लिंदा सुनसरी दवावमा प¥यो ।
सुरुवाती प्रदर्शनमा विर्तामोडलाई निक्कै टक्कर दिएको सुनसरी अन्तिम समयमा आएर नतिजा विपक्षीलाई सुम्पदै निराश बनेर घर फर्कियो । ७२ औं मिनेटमा चापागाईले बललाई जाली चुमाउँदा अग्रता लिएको विर्तामोडले त्यसको चार मिनेट पनि वित्न नपाउँदै अग्रतालाई दोब्बर बनायो । ७६ औं मिनेटमा बुद्ध चेम्जोङले प्रहार गरेको बलले पोष्टको दिशा लिंदा विर्तामोडको जित निश्चित बन्यो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि लय समातेको विर्तामोडले नतिजा उम्कनबाट भने जोगायो । गोल गर्ने धेरै अवसरको सदुपयोग हुन नसक्नु सुनसरीका लागि दुर्भाग्यपूर्ण बन्यो । फिनिसिङ कमजोर हुनु सुनसरीको हारको मुख्य कारण बन्यो । दोस्रो हाफको २४ औं मिनेटमा मैदानमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
विर्तामोडका खेलाडीले सुनसरीका समीर राईलाई फउल गरेपछि तनावको स्थिती उत्पन्न भएको हो । समीरको उपचारका लागि मैदान भित्र छिरेका मेडिकल टोली बाहिर नगइकन रेफ्री मधुकर आचार्यले खेल खेलाएको भन्दै सुनसरीका प्रशिक्षक श्याम मानन्धरले उजुरी गर्दा प्रशिक्षक माथि आयोजकका मिलन राईले हात पात गरे । प्रशिक्षक मानन्धरलाई राईले फोर्थ अफिसियल बसेकै स्थानमा गएर तीन मुक्का प्रहार गर्दा खेल आठ मिनेट रोकिएको थियो ।
सोही खेल मैदानमा राष्ट्रिय लिग हुँदा थ्री स्टार र मोरङबीचको खेलमा पक्षपात गरेको भन्दै दर्शक तथा मोरङका प्रशिक्षकले रेफ्रीमाथि हातपात गरेका थिए । अन्तिम क्वाटरफाइनल खेलका म्यान अफ दी म्याच पहिलो गोल कर्ता आशिष चापागाई घोषित भए । आजको प्रतियोगितासंगै लक्ष्मीमार्ग गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
भोलीको पहिलो सेमिफाइनल खेलमा जीबी रवर मंगलबारे र विराट एकेडेमी विराटनगरबीच प्रतिष्प्रधा हुँदैछ ।

Post a Comment