Websoft University

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड शताब्दी पदकबाट सम्मानित हुने


काठमाडौं, साउन ४ गते । रातो तारा डट कम,माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड शताब्दी पदकबाट सम्मानित हुने भएका छन् । उनलाई त्रिमूर्ति सम्मान पनि प्रदान गर्ने निर्णय भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

नइ प्रकाशनले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दुई पल्टको प्रधानमन्त्रित्वकालमा उहाँले त्रिमूर्ति निकेतनको थप उचाई अभिवृद्धिका साथै नेपाली भाषा साहित्यमा पुर्‍याउनु भएको योगदानको कदर स्वरुप उहाँँलाई ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’समर्पण गर्ने निर्णय गरेको
 छ ।’

आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा। सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री प्रचण्डलाई सम्मान समर्पण गरिने नइ प्रकाशनले जनाएको
छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि भन्दै ०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको थियो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नामका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक साँस्कृतिक संस्थाको स्थापना गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.