Websoft University

विराटनगर महानगरपालिका जनप्रतिनिधिहरुको शपथ ग्रहण सम्पन्न


विराटनगर,२७ असार । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको आज विधिपूर्वक शपथग्रहण कार्यक्रम सम्पन्न भयो ।


शपथग्रहणमा मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,उपप्रमुख इन्दिरा कार्की र महानगरका १९वटै वडाका अध्यक्षहरुलाई सत्य,निष्ठा,इमान्दारिताका साथ आ–आफ्ना जिम्मेवारी निर्वाह गराउनका लागि इश्वरको नाममा शपथग्रहण गराउनुभयो ।

शपथग्रहण कार्यक्रमको अवसरमा नवनिर्वाचित महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोहीअनुरुपको शपथग्रहण १९वटै वडाका सदस्यहरुलाई गराउनुभयो ।

उक्त अवसरमा नवनिर्वाचित महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको विकासमा एकताबद्ध भएर दलगत स्वार्थबाट माथि उठेर काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

सवैको अपनत्व ग्रहण गराउने दायित्व निर्वाह गर्ने विश्वास प्रकट गर्दै उहाँले भन्नुभयो,“ विराटनगर महानगरपालिकामा भ्रष्टाचारमुक्त,सुशासन र पारदर्शिता कायम गर्नेछु ।”

सवै दलको घोषणापत्रमा उल्लेख गरिएका राम्रा कामहरुलाई एकीकृत गरेर विकास निर्माणको कामलाई गति दिने उल्लेख गर्दै उहाँले एकसय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो ।

उहाँले विराटनगरलाई प्रदेश नं–१ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने उल्लेख गर्दै उहाँले विराटनगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने र
यहाँको खानेपानी, बाटो, कोशी अन्चल अस्पताल लाई र बिराटनगर बिमानस्थललाइ क्षेत्रीय स्तरको बनाउन पहल गर्ने   जानकारी गराउनुभयो ।

सोही अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त,हराभरा नगरको रुपमा विकसित गरिने जानकारी गराउनुभयो ।

विराटनगरलाई भयमुक्त नगर बनाउने उल्लेख गर्दै उहाँले अन्यायमा परेका महिलाहरुलाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने र यसका लागि ठोस कार्य गरिने बताउनुभयो ।त्यसैगरि उक्त अवसरमा नेपाली काँगेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले स्थानीयतह अधिकार सम्पन्न भएको उल्लेख गर्दै विराटनगरको विकासमा एकजुट भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो ।

सो अवसरमा सांसद पुष्कर आचार्य,प्रजिअ यज्ञराज कोइराला,नगरअधिकृत दीपक कोइरालाले नवनिर्वाचित जनप्रतिनिहिरुलाई बधाइ दिनुका साथै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउनुभएको
थियो ।

असार १४ गते निर्वाचन सम्पन्न भएपछि  २४ मध्यरात्रिमा मतगणना सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.