युवराज ठकुरी,सिंहदेवी,मोरङ- असार २७ गते । रातो तारा डट कम,केराबारी गाउँपालिका वडा न.२, सिंहदेवीका नवनिर्वाचित जनप्रतिनिधि तथा वडा अध्यक्ष प्रेमबहादुर लिम्बूलाई वडा कार्यालय सिंहदेवीमा पदबहाली कार्यक्रम सप्पन्न भएको वडा सचिब कमल कोइरालाले बताउनुभयो।
दोस्रो चरण असार १४गते सम्पन्न भएको
चुनावमा नेकपा एमालेका तर्फबाट उम्मेद्बार पाचै जना निर्वाचित हुनुभएको थियो।
निर्वाचित हुनुहुने जनप्रतिनिधिहरु वडाध्यक्ष प्रेमबहादुर लिम्बू,सदस्यहरु दिलिप ठकुरी,खगेन्द्र जमरकट्टेल,दुर्गामाया राई र बालकुमारी नेपाली रहनुभएको छ।
पदबहाली तथा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मातृभुमी टि स्टेटका प्रोपाइटर नारायण राईले शुभकामना मन्तव्य व्यक्त गर्दै सिंहदेवीलाई औद्योगिक र पर्यटकीय क्षेत्र बनाउन विशेष पहल गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेका थिए।
कार्यक्रममा अधिकाङ्स उपस्थितहरुले केराबारी गाउँपालिका(२सिंहदेवीमा विभेद रहित ढंगबाट विकास निर्माण कार्यलाई अगाडि बढाउन अनुरोध गरेका थिए।
पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष प्रेम लिम्बूले भौगोलिक कठिनाईका कारण वडा न।२सिंहदेवीमा रहेका वृद्धहरुले पाउने भत्ताहरु घरघरमै पुर्याउने र वडामा भएका विविध गतिविधिको ३र३महिनामा सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
उक्त कार्यक्रम वडा सचिब कमल कोइरालाको सभापतित्व र वडा कार्यालयका मुखिया रत्न बुढाथोकीले सन्चालन गरेका थिए।
Post a Comment