Websoft University

त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर आस पास ऐतिहासिक सुन्दरता पाइन्छ



काठमाडौ साउन १ गते आइतबार । रातो तारा डट कम
डोल्पा जिल्ला खासगरी हिमाली सौन्दर्य अवलोकन र विकट भूगोलमा फरक जीवनशैलीका लागि बढी चिनिन्छ ।

तर, यो भूगोलमा प्राकृतिक खजाना मात्र छैन, महत्वपूर्ण धार्मिक स्थल पनि छ । त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्यस्तो धार्मिक सम्पदा हो, जसको ठूलो ऐतिहासिक मूल्य रहेको स्थानीयहरु बताउँछन् । यो मन्दिर सयौं वर्ष पुरानो रहेको उनीहरुको दाबी छ ।

दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित मन्दिर कति वर्ष पुरानो हो भन्ने यकिन भने गरिएको छैन ।

मन्दिरको ऐतिहासिकताबारे बताउनुपरेमा यहाँका स्थानीय मन्दिर परिसरमा रहेको बेडुको रुख कति प्राचीन थियो भन्ने चर्चा गर्छन् । मन्दिरका पूजारी भूपेन्द्र न्यौपाने पनि त्यसमै सही थाप्दै सो रुख एक हजार वर्ष पुरानो भएको र त्यसकै आधारमा मन्दिर कति पहिलेको थियो होला भन्ने आकलन गर्नुपर्ने बताउँछन् ।

‘मैले सुने अनुसार पुरातत्व विभागले एक सय वर्षभन्दा पुरानो सम्पदालाई आफ्नो अभिलेखमा समेट्छ रे’, पूजारी न्यौपानेले भने, ‘यो मन्दिरको ऐतिहासिक पक्ष निक्र्योल गर्न राज्यले उचित ध्यान देओस् ।’

मन्दिर धार्मिक तथा ऐतिहासिक रुपले महत्वको भए पनि आवश्यक प्रचारप्रसार हुन नसक्दा पर्याप्त धार्मिक पर्यटक आउने गरेका छैनन् । यहाँ स्थानीय र अन्य जिल्लाका गरी बर्सेनि करिब २५ हजार भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

मन्दिरको अक्षयकोषका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले मन्दिरको स्थापनाको विषयमा चर्चा गर्ने क्रममा त्रिपुरकोट गढीमा सातौं शताब्दीमा राजा विक्रम शाहीको दरबार रहेको उल्लेख गरे । ‘अहिलेको त्रिपुरा सुन्दरी मन्दिर पछाडि कोट रहेको ठाउँमा ती राजाको दरबार थियो’, उनले बताए ।

किंवदन्ती अनुसार, सोही दरबार क्षेत्रमा रहेको धान कुट्ने ओखल उत्खनन गर्दा उडेका पुतलीहरुमध्ये एउटा पुतली बसेको ठाउँमा त्रिपुरा सुन्दरी मन्दिर स्थापित भएको हो । देवीहरु नै पुतलीका रुपमा प्रकट भएको धार्मिक मान्यता छ ।

अन्य पाँच पुतलीमध्ये एउटा कोटदेखि पारि गुदम्ब भन्ने थुम्कोमा बस्यो, ती देवीलाई मालिका भनिन्छ । अर्को पुतली जुम्लाको सिजादराको लामाथाडा टाकुरामा बस्यो, त्यो ठाउँ अहिले कनिका सुन्दरी मन्दिरको नामले प्रसिद्ध छ । तेस्रो पुतली नेपालगञ्जको बागीश्वरी मन्दिरले प्रख्यात छ भने अर्को पुतली बसेको बसेको ठाउँमा सल्यानको खैराबाग भगवती मन्दिर बनाइयो । पाँचौं पुतली बाजुराको बडीमालिका देवीका रुपले प्रख्यात छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.