Websoft University

काठमाडौं महानगरले १० अर्व ७८ करोड रुपैयाँको बजेट स्वीकृत गर्यो


काठमाडौं, साउन १ गते आइतबार । रातो तारा डट कम,
काठमाडौं महानगरको नगर सभाको सर्वसम्मत ध्वनी मतले आर्थिक वर्ष ०७४र७५ कालागि आर्थिक विधेयकबाट १० अर्व ७८ करोड रुपैयाँ स्वीकृत गरेको छ ।

राजस्व र करका दरसहितको विधेयकले साना करदातालाई लाभ हुने अपेक्षा गरिएको छ ।

आन्तरिक आम्दानी कर आयतर्फ ४ अर्व ३६ करोड ७५ लाख रुपैयाँ र गैर कर तर्फ २ अर्व १२ करोड गरी जम्मा ६ अर्व ४८ करोड ७५ लाख आन्तरिक आम्दानी हुने अनुमान महानगरपालिकाले गरेको छ । अनुदानबाट ३ अर्व १६ करोड ८२ लाख रुपैयाँ आम्दानी९यसमा समानीको छ । यसमा करणरशशर्त तथा निशर्त सबै अनुदान समाबेश छ ।

आन्तरिक र अनुदान जोड्दा अर्थात् राजस्व र दरसहित हुन आउने ९ अर्व ६५ करोड ५८ लाख रुपैयाँ र मौज्दात १ अर्व १३ करोड गरी १० अर्व ७८ लाख रुपैयाँ आम्दानी अपेक्षा रकम कायम गरिएको छ ।

यसअघि बहाल करमा सरकारले १० प्रतिशत र तत्कालीन स्थानीय निकायले २ प्रतिशत संकलन गर्दै आएकोमा अब १२ प्रतिशत बहाल कर १२ महानगरले संकलन गर्नेछ ।

यातायात व्यवस्था कार्यालयसँग समन्वयबाट सवारी करलाई कडाइ गर्ने गरिने विधेयकमा उल्लेख छ । त्यस्तै मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यस अन्तर्गत आगामी वैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालु तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.