बिराटनगर महानगरपालिका
बिराटनगर,साउन १ गते । रातो तारा डट कम,काठमाण्डौ पछिको दोस्रो शहरको नामले परिचित बिराटनगरले आफनो पौरखी गरिमा आफै कायम गर्दै आएको पाईन्छ । स्थानीय तहको निर्वाचनमा १ लाख ५० हजार मतदा छन भन्ने दाबी गरिए पनि करिब १ लाख १२ हजारको मात्र नाम दर्ता थियो,
ती मध्ये ७०,प्रतिशतले मतदान गरेका थिए । यी धेरै कुराबाट
सक्षम भएकाले बिराटनगर महानगरपालिका छिटै १ नम्वर प्रदेशको राजधानी हुनेछ ।
महानगरको बिगतको यात्रालाई हामीले हेर्दा बिराटनगरको भौगोलिक बनावट जनसख्या,हरेक प्रकारको सुबिधाले गर्दा यो १ नम्वर प्रदेशको राजधानी हुन योग्य भइसकेको छ ।
बि. स. २००८ साल भन्दा अघि गाउँ पन्चायतबाट सुरु भएको यसको यात्रा बि. स. २००८ सालबाट नगरपंन्चायत हुँदै बि. स. २०५२ सालमा आएर बिराटनगर उपमहानगरपालिका घोषणा भएको थियो । नेपालका अरु शहरहरुको तुलनामा यसको औधोगिक र राजनीतिकको पृष्ठ भूमिको छुट्टै यसको पहिचान पनि रहेको छ ।
बिराटनगर ठूलो जनघनत्व भएको शहर भएर पनि अरु शहरहरुको तुलनामा शान्तनै भइरहेको देखिन्छ, त्यसैले उपमहानगरपालिका घोषणा भएको ठीक २२ वर्ष अर्थात मिति २०७४/२/८ मा बिराटनगर महानगरपालिका घोषणा भएको हो ।
बिज्ञान इतिहासको कुरालाई इाुट्टो मान्नु हुँदैन त्यसैले बिराटनगरवासीहरुको आग्रहमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारका उपप्रधानमन्त्री बिजय कुमार गच्छदारको सकृयतामा बिराटनगर बिरगन्ज एकै पटक महानगर सरकारबाट घोषणा भएको थियो ।
महानगर घोषणासँगै सरकारले अरु कुरा जोडेर निर्णय गरेकाले सर्बोच्चमा रिट परेको थियो र केहि दिन महानगर फेरि उपमहानगरमा नै फर्काएको थियो । तर सरकारले यस कुरालाई ध्यानमा राख्दै पुन: महानगर बनाउने मन्त्रीपरिषदबाट निर्णय गरे फेरि बिराटनगरले महानगर हुने अवसर पाएको हो ।
अरुले जे बोले पनि बिराटनगर आँफैमा सम्पन्न शहर हो र यो १ नम्वर प्रदेशको राजधानी हुँने अवस्थामा बिकसित भइरहेकोछ । महानगर कै कुरा गदै जाँदा एउटा महानगर हुनलाई कम्तीमा २७ वडाहरुको बिकास भईसकेको हुनुपर्छ र प्रत्येक वडामा १० हजार जनसंख्या भएको हुनुपर्छ र भनिएकोमा बिराटनगर महानगरपालिकाको संरचना निमार्ण गर्दा २७ वडाको सट्टा २८ वडा बनाईएको थियो तर मुद्धाकै कारण २०७४ जेष्ठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले २८ वडालाई घटूवा गरी १९ वडानै कायम गर्ने निर्णय भएको थियो । अहिले साबिकको १९ वडाबाटै महानगरको काम र जनप्रतिनिधि निर्वाचन सम्मको काम हुँदै आएको छ ।
बिराटनगर महानगरपालिकाका नव निर्वाचित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले स्वागत समारोहमा नै महानगरलाई १ नम्वर प्रदेशको राजधानी बनाउने काममा आफुहरु लागि पर्ने बताई सक्नु भएकोछ ।
बिराटनगर महानगरपालिकाका अधिकृत दीपक कोइरालासंग पनि हामीले भेटेर केहि कुराहरु राख्दा उहाँ भन्नुहुन्छ-म यहाँ उपमहानगरपालिका हुँदा आएको हुँ मैले उपमहानगरपालिका को जनप्रनिधि र कार्यकारी दुबैको भुमिकाको काम गरिसहेको छु ।
अहिले गत असार १४ गते निर्वाचन भइसकेकोछ, निर्वाचित जनप्रतिनिधिसमेत आइसक्नु भएको छ र अब १ नम्वर प्रदेशको राजधानी बिराटनगर हुने गरी महानगरको कामहरु अघि बढनेछन भन्नु भयो । त्यसैगरी, अहिले बिराटनगर वासीमात्र होईन यहाँबाट सासद हुने सासदज्यू हरुले पनि बिराटनगरलाई राजधानी बनाउने कुरामा दलभन्दा माथि उठेर काम गरिरहनु भएको छ, भन्नु भयो ।
बिराटनगरमा उच्च अदालत,सत्यनिरुपण तथा मेलमिलाप आयोग नेपाल, पूर्वान्चल युनिभरसिटी, बिमानस्थल, क्षेत्रीय प्रहरी कार्यलय र तालिम केन्द्र, उच्चस्तरीय शिक्षाअन्तरगत
मेडिकल र इन्जिनियरिङ क्याम्पस,अतिआधुनिक अस्पताल छ र प्रदेशको राजधानी बन्नुको मुख्य आधारको रूपमा मिश्रित बसोबास रूपमा यो ठाउ परिचित रहेको छ।
Post a Comment