Websoft University

कृषि उत्पादनका क्षेत्रमा करोडौं रुपैयाँ भित्र्याउने

इलाम साउन ३ गते । रातो तारा डट कम,सञ्चार क्षेत्रले कृषि उत्पादनको आर्थिक पाटो र त्यसबाट किसानलाई भएको उपलब्धीका विषयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

कृषि उत्पादनका क्षेत्रमा करोडौं रुपैयाँ भित्र्याउने अलैंची, अदुवा, चिया र दूध बिक्रीबाट कस्लाई बढी फाइदा पुगेको छ, भन्ने कुरालाई अब सञ्चार क्षेत्रले केलाउन आवश्यक रहेको सहभागीको भनाइ थियो ।

इलाम सदरमुकाममा पत्रकारका लागि व्याबसायिक जवाफदेहिता सम्बन्धी दुई दिने तालिम उद्घाटनाका अवसरमा हिमाल खवर पत्रिकाका सम्पादक किरण नेपालले अहिले कृषि उत्पादनबाट किसान, मजदुर, उद्योगपति अथवा कस्लाई बढी फाइदा पुगेको छ र किसानले आफ्नो उत्पादनको उचित मुल्य पाएका छन् छैनन् भन्ने विषयलाई पत्रकारहरुले उठान गर्नुपर्ने बताउनु भयो ।

पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उन्नती परियोजनाका कोअर्डिनेटर रोहितचन्द्र भट्टराई, निबर्तमान स्थानीय विकास अधिकारी ओमराज ढुङगानाले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ इलाम शाखाको आयोजना र आइएलओ परियोजनाको सहयोगमा तालिम सुरु भएको हो ।
कार्यक्रममा हिमाल खवर पत्रिकाका सम्पादक नेपाल, उन्नति परियोजनाका भ्यालुचेन फाइनान्स अफिसर कृष्णप्रसाद ढुङगाना, र अधिवक्ता रामकृष्ण काफ्लेले तालिमको सहजीकरण गर्दै हुनुहुन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, संखुवासभाका अध्यक्ष इन्द्र गिरी, भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहाल, पाँचथरका अध्यक्ष लवदेव ढुङगाना, तेह्रथुमका अध्यक्ष नरेश ढुङगाना सहित पूर्वी पहाडका सात जिल्लाका ४० जना पत्रकारहरुको सहभागीता रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.