Websoft University

विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, साउन २ गते। रातो तारा डट कम,मोरङको विराटनगर -५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख। २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका-२ बबियाबिर्ता बस्ने अन्दाजी ३२ बर्षिय शुरेश भट्टराईको मृत्यु भएको हो।

दिउँसो १ बजेतिर ठक्करबाट गम्भिर घाईते भएका भट्टराइको बिराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल बस र चालक प्रहरीको नियन्त्रणमा छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.