रोशन पोखरेल- विराटनगर,साउन ३, गते। रातो तारा डट कम, विराटनगरका बरिष्ट कलाकार राज आनन्द कार्की (पर्शुराम)को निधन भएको छ । विराटनगरमा रहेर कलाकारिता क्षेत्रको विकासमा योगदान पू¥याएका कार्कीको ७७ बर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
पञ्चायती व्यावस्थामा विराटनगर उपमहानगरपालिका वाडा नं ३ का वडा अध्यक्ष समेत रहनुभएको थियो । उहाँले विराटनगर स्थित हेम काला मन्दिरमा रहेर विभिन्न नाटकमा अभिनय गरेको उहाँका विद्यार्थी केशव रायमाझीले जानकारी दिनुभयो । काकीसँग प्रशिक्षण लिएका रमेश बुढाथोकी, दिपाश्री निरौला, केशव रायमाझीलगायत कलाकारिता कला क्षेत्रमा चर्चित रहनुभएको छ ।
Post a Comment