आर पोखरेल -
बिराटनगर असार ३ गते । रातो तरा डट कम,
राष्ट्रिय जनता पार्टी मोरङले ७ जनालाई अनुशासनको कारवाही नगरेको केन्द्रिय स्तरका नेताले बताएका छन।
राजपा मोरङका केन्द्रिय पक्षका नेताहरुले आज नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आफुहरुलाई अनुशासनको कारवाही नगरिएको जानकारी दिएको छ ।
राजपा मोरङले अध्यक्ष मण्डल मोरङका पुर्व संयोजक मोहम्मद कादिर सहित केन्द्रीय उपाध्यक्ष यदुवंश साह, महासचिव जगदीश अधिकारी, सहमहासचिव दिलीप धाडेवा, केन्द्रीय सदस्यद्वय सुरेशसिंह मण्डल र चन्द्रप्रसाद राजवंशी तथा मोरङ उपाध्यक्ष जगन्नाथ राजवंशीले पाटिले आफुहरु प्रति कारबाही नगरेको बताउनुभयो ।
पार्टीको बिधान र हित विपरीतका गतिविधीमा संलग्न नभएको बताइएको छ । विभिन्न दल मिलेर बनेको राजपा मोरङको अध्यक्ष मण्डलका मोरङ संयोजकको बिषयलाई लिएर केही समययता विवाद हुंदै आएको छ ।
२ महिनामा जिल्ला सभापति बन्ने विगतको सहमति भएपनि एकलौटि निर्णय गरेको विरोधमा कार्यक्रम भएको हो ।निर्वाचनबाट गलत काम गरेर कार्यबाहिमा पर्ने डरलेल साउन २ गते प्रेस सम्मेलन गरेर सोधोषित राधेकामत जिल्ला सभापति भएको गलत भएको सो पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
जिल्लाको समस्या भएकाले केन्द्रिय स्तरका नेताले सो बारेमा कारवाहि प्रक्रिया बढाउन नसकिने राजपापका केन्द्रिय सचिव दिलिप धाडेवाले जनकारी दिनुभयो ।
Post a Comment