बिरानगर,साउन ३ गते । रातो तारा डट कम, ५५ औं इन्जिनियर दिवस २०७४ को कार्यक्रम बिराटनगरमा सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले आफना कुराहरु राख्दै,जनताले हामीलाई मत दिएर बिजय गराएकाले पाटी भन्दा माथि उठेर जनताको काम गर्ने र बिराटनगरलाई १ नम्वर प्रदेशको राजधानी बनाउने कुरामा आफु सकृय भएर पहल गर्ने बताउनु भयो ।
इन्जिनियरहरुले देशको बिकासमा योगदान पु¥यउने भएकाले इमान्दार भएर काम गर्न आग्रह गर्दै,कार्याक्रम सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रमका अतिथि तथा बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आफनो कार्यक्षेत्रमा इन्जिनियरहरुले काम गर्दा हरेक विकास र निमार्णलाई गुणस्थरिय काम गर्न आग्रह गर्नु भयो । इमान्दार भएुर काम गर्दा जनता र उपभोक्ताहरु खुसिरहने छन भन्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रमका अतिथि इन्जिनियर टिका उप्रेतीले कार्यक्रम सफलताको शुभकामना दिइदै,एउटा सक्षम प्राबिधिकले जनताको कामहरुगर्दा असक्षम हुनु भएन भन्नु भयो ।
कार्यक्रमका अतिथि इन्जिनियर उमेश ओइााले आफनो काम लाई जहिले पनि गुणस्थरिय बनाउने कोसिस गरिहनु राम्रो हो भन्नु भयो ।
कार्यक्रमको बिचैमा उमेश ओइाा र सन्दिप दाहाले प्रोजेक्टरबाट कार्यक्रमहरु देखाउनु भयो ।
कार्यक्रमका अतिथि इन्जिनियर भरत न्यौैपानेले आफनो कार्यक्षेत्रमा सरसफाई बृक्षारोपण,सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउदै, पूर्वाञ्चलभरीबाट यस गोष्टीमा पाल्नु हुने सबै सहभागी इन्जिनियरहरु र कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भयो ।
नेपाल इन्जिनिर्यस एशोशिएश पूर्वाञ्चल सेन्टर बिराटनगरका अध्यक्ष प्रकास भक्त जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्वाञ्चलबाट करिव ७० जना इन्जिनियरहरुको सहभागितारहेकोछ ।
Post a Comment