प्रेम देवान-विराटनगर बैसाख २५ गते । रातो तारा डट कम-
सडक दुर्घटनमा परि मृत्यु भएका व्यक्तिहरुको आ
त्माको चिर शान्तिको कामना गर्दै आज जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले दिपप्रज्वलन गर्ने भएको छ । आज आईतबार महेन्द्र चोकमा साझ ६ बजे मम बक्ति बालेर मृतकहरुको शान्तीको कामना गर्दै दिप प्रज्वलन गर्ने भएको हो ।
सयुक्त राष्ट्र संघको सप्ताव्यापी आह्वानमा आज मे ८ तारिख देखि मे १४ सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरी मनाउने भएको छ । साप्ताव्यापी कार्यक्रमको पहिलो दिन सडक दुर्घटनमा परि मृत्यु भएका व्यक्तिहरुको लागी दिप प्रज्वलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख मदन गिरीले आवर विराटनगरलाई जानकारी दिए ।
दिपप्रज्वलनमा मोरङ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, एलडिओ सहितको टोली सहभागी हुने प्रमुख गिरीले बताए ।
यसको अलवा विभिन्न बस व्यावसायी, ट्याक्सी, सिटी सफारी चालक तथा मजदुरहरुको समेत उपस्थित रहने जनाईएको
छ । प्रमुख मदन गिरी सम्पुर्ण मृतक परिवार तथा नगरवासीहरुलाई समेत दिप प्रज्वलनमा उपस्थित हुन आग्रह गरे ।
Post a Comment