Websoft University

‘माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन’



काठमाडौं, माघ ४ गते। रातो तारा डट कम -
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा डा यादवले भन्नुभयो ‘निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।’

प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद हो भन्नुभयो ।

उहाँले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भन्नुभयो ‘सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।’

डा यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि स्पष्ट गर्नुभयो ।

डा. यादवले भन्नुभयो ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १ सय ६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन ।’ उहाँले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताउनुभयो । दुवै निकायको चुनाव एकैचोटि गर्न सम्भव भएपनि प्राविधिक रुपमा समस्या हुने उहाँको भनाई थियो ।

यादवले विस २०७० सालको संविधान सभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचनको गराउने थियो त्यो हुन नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.