Websoft University

अहिले सम्म अधिकारका लागि लड्यौ, अब समृद्धिका लागि लड्छोै : राज्यमन्त्री जवेगु



बेलबारी, माघ ४ गते । रातो तारा डट कम -
संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले अहिले सम्म मुलुकमा अधिकार प्राप्तिको लडाई लड्यौ अब देशको समृद्ध लागि लड्नु पर्ने बताएका छन्।

आईतवार मोरङको बेलबारीमा नगरपालिकाको बजेट तथा योजना सार्वजानिक कार्यक्रममा प्रमुख अतिथि मन्तव्य राख्दै राज्यमन्त्री जवेगुले सो बताएका हुन् । नेपालमा ठूल्ठूला विद्रोह र आन्दोलनहरु भएका छन् ति सबै अधिकार प्राप्तिका लागि आन्दोलन भएका हुन् ।

जनता अधिकार सम्मन्न भएपछि मात्र देशमा स्थीर शान्ति हुने भएको हुँदा अब अधिकारको लडाई पछि समृद्धिको लागि एक ढिक्का हुनु पर्ने बताएका छन् । अहिले संविधानले जनताले उठाउदै आएको संघीयता,धर्म निरपेक्ष,समानुपातिक समावेशिता लगायतको मुद्धालाई सम्वोधन गरेको छ । बाँकी केहि अधिकारलाई व्यवस्थित गरेर अब मुलुकलाई समृद्ध बनाउन सबै लाग्नु पर्ने बताएका छन् ।

त्यसैगरी राज्य मन्त्री जवेगुले निर्वाचन आयोगले पेश गरेको राज्य पुनसंरचनाको प्रतिवेदनलाई मन्त्री परिषदको वैठकबाट पारित गरे लगत्तै चुनावको मिति तोकिने बताएका छन् । अबको हप्ता दश दिनमा निर्वाचनको मिति तोकिने बताएका छन् ।

कार्यक्रममा खेलकुद तथा पूर्वराज्य मन्त्री गोपी आछामी, पूर्व साँसद हर्कमान तामाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले आर्थिक वर्ष २०७४÷७५ को लागि करिब १२ करोडको बजेट प्रस्तुत् गरेका छन् ।

बजेट माथि स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले टिप्पणी र सुझाव पेश गरेका थिए । सोही अवशरमा नगरपालिकाका ईमान्दार र लगनशील कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा प्राविधिक सहायत कृष्णकुमार चौधरी, कम्प्युटर अपरेटर भद्रबहादुर घले, वहिदार सरजुगलाल चौधरी रहेका छन् ।

त्यसैगरी आदिवासी जनजाति महासंघ बेलबारीले नगरमा सफलता पूर्वक महासंघका कार्यक्रमहरु सम्पन्न गरेको हुँदा महासंघका अध्यक्ष तिलकप्रसाद राईलाई सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा बढी कर बुझाउने मधुमाया बस्नेत, समयमै योजना सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष सन्तोष लिम्बू,बजार व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर गुरुङ, वडा नागरिक मञ्चका सक्रिय संयोजक गंगाबहादुर गुरुङलाई मरणोप्रान्त सम्मान पत्रलाई शुशोभित गरिएको थियो ।

कार्यक्रममा नयाँ शक्तिका क्षेत्रिय संयोजक प्रतापकुमार थापा, एमाले जिल्ला सदस्य ईरान राई, नेकपा माओवादी केन्द्रका पर्शराम सुवेदी र नेपाली काँग्रेसका महेन्द्र सुवेदीले मन्तव्य राखेका थिए । कार्यक्रममा बेलबारी विकास वोर्डका अध्यक्ष नगेन्द्र कट्टेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा धिमाल जाति विकास केन्द र भाँगड उराँव उत्थान समाजका कलाकारहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.