Websoft University

रासन कटौती हुने भएपछि भुटानी शरणार्थीहरू चिन्तित


बिराटनगर, पुस २५, गते ।२०७३ रातो तारा डट कम -
विश्व खाद्य कार्यक्रम अन्तर्गत आउने रासन कटौती हुने भएपछि भुटानी शरणार्थीहरू चिन्तित भएका छन्। झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका शरणार्थीहरू विश्व खाद्य कार्यक्रमले दिँदै आएको रासन ५० प्रतिशत कटौती हुने खबरसँगै चिन्तित भएका हुन्।

दाता नपाएको भन्दै विश्व खाद्य कार्यक्रमले रासन कटौती गर्ने भएपछि उनीहरूले महिनामा ५ किलो ६ सय ग्राम मात्र चामल पाउने भएका छन्। यसअघि उनीहरूले प्रतिव्यक्ति ९ किलो ३ सय ८० ग्राम चामल पाउँदै आएका थिए।

‘जनवरीको तेस्रो हप्तादेखि रासन कटौती हुने जानकारी आएको छ’, शरणार्थी शिविर दमक बेलडाँगीका क्याम्प सचिव सञ्चहाङ सुब्बाले भने, ‘रासन कटौती भए समस्या हुने भन्दै शरणार्थीमा निरासा छाएको छ।’

शरणार्थीको दीर्घकालीन व्यवस्थापन नभएसम्म रासन कटौती गर्न नमिल्ने उनको भनाइ छ। यसअघि २०१६ को जुनमा पनि रासन कटौती भएको थियो । यसअघि उनीहरुले चामल १२ किलो २ सय ८० ग्राम पाउने गर्थे। त्यस बेला चिनी, नुन, दाल, खाने तेल र पोषणयुक्त पिठो समेत कटौती भएको शरणार्थी अगुवा सन्तवीर घलेले जानकारी दिए।

रासन कटौती गर्नु भन्दा शरणार्थीलाई स्वदेश फर्काएर समस्याको दीर्घकालीन समाधान गर्न उनले नेपाल सरकार
संघ आग्रह गरे। फेरि पनि रासन कटौती गरे संघर्षमा उत्रिने शरणार्थीहरूले चेतावनी दिएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.