विराटनगर, माघ ८ गते । २०७३, रातो तारा डट कम -
झापामा नेपालमै पहिलो पटक स्वास्थ्य महोत्सवको आयोजना गरिएको छ । नेपाली कांग्रेसको अयोजनामा मेचीनगर १२ इटाभट्टामा रक्तदान र स्वास्थ्यपरिक्षण गरेर महोत्सवको उद्घाटन गरिएको छ ।
महोत्सवमा देशभरी विभिन्न २५ वटा स्वास्थ्य संस्थाबाट आएका चिकित्सकले सबै रोगको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर्नेछन् । स्वास्थ्य महोत्सवमा स्वास्थ्य सेवासहित स्वास्थ्य सेवासँग सम्बन्धित छलफल पनि हुनेछ ।
पहिलो दिन रोगः अनुभव र अनुभुति बिषयमा अन्तक्र्रिया हुँदै छ । अन्तक्र्रियामा स्तन क्यान्सर भएकी पूर्व सांसद शान्ता चौधरी र कलेजो प्रत्यारोपण गरेका कांग्रेस नेता उमेशजंग रायमाझी, कांग्रेस झापाका पुर्व सचिब भक्ति सिटौला, मृगौला प्रत्यारोपण गरेका झापाका अरुणकुुमार बुढाथोकी र डाक्टर रमेश कँडेल सहभागी हुनुहुन्छ ।
त्यस्तै नेपालीका लागि स्वास्थ्य बिमा कहिलेदेखि र कसरी रु स्वस्थ्य जीवनका लागि स्वस्थ्य सवारी, स्वास्थ समाजका लागि स्वस्थ राजनीति, स्वस्थ समाजका लागि स्वस्थ साहित्य, स्वस्थ जीवनका लागि स्वस्थ बाली, संस्कारगत अस्वस्थता स् चिरफार एवम निदान खोजी र नागरिकका सात सवालमा स्वास्थ्य मन्त्री गगन थापाले जवाफ दिने कार्यक्रम रहेको महोत्सवका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनुभयो ।
स्वास्थका लागि खेलकुदमा भलिवल प्रतियोगिता, कराते र रक्तदान तथा रक्त समूह पहिचान समेत हुने महोत्सव १४ गतेसम्म चल्नेछ । महोत्सवमा झण्डै २५ हजारले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको नेपाली कांग्रेसका केन्द्रयसदस्य विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
Post a Comment