Websoft University

केपी शर्मा ओलीको सरकारलाई टिपेर फालिदिनेे चेेतावनी


काठमाडौं, माघ ८गते । २०७३, रातो तारा डट कम -
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा नगए सरकारलाई टिपेर फाल्ने चेतावनी दिएकमा छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई निर्वाचन गराउने कि नगराउने भनेर प्रश्न गरेका छन् । 

‘कुनै चलाखीको काम छैन । सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन ?’ उनले अघि भने, ‘चुनाव नगराउने भए तत्काल छाड्नुस् । छोड्न गाह्रो लाग्छ भने हामी टिपेर परतिर राख्छौं। 
निर्वाचन गराउनुपर्ने सरकारले ६ महिनासम्म सिन्को नभाँचेको भन्दै उनले २०७४ मंसीर दोस्रो साताभित्र तीनै तहको निर्वाचन गराउन तयार नभए सरकार हटाउन आफूहरु बाध्य हुने बताए। 
उनले मुलुकलाई नोक्सान हुने कुनै पनि खालको गतिविधि हुन नदिने बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई वृष वृक्ष भन्दै उनले त्यसलाई कुनै हालतमा हुर्कन नदिन आफनो पार्टी प्रतिवद्ध रहेको बताए ।

एमाले अध्यक्ष ओलीले मुलुकलाई नोक्सान पुर्‍याउन विभिन्न गतिविधि भइरहे पनि त्यसलाई रोक्न आफनो पार्टी सफल हुने दाबी गरे। केपी ले एउटा कार्यक्रममा राज्यले कसैलाई पनि आरक्षण हुदैन भनेर जनताको  भाषा बोलेकाछन।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.