बिराटनगर, माघ १० गते । रातो तारा डट कम -
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ। हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो। यसलाई अङ्ग्रेजीमा मोल वा निभ्स भनिन्छ। सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ। कुनै(कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ।
हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ। यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ। कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन्। यसलाई हामी कोठी भन्छौं।
कोठीको रोचक कहानी
दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ। यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन्। यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ। कोठीले दिने फलको रोचक
तथ्य यस्तो छ:
-निधारमा कोठी हुनेहरु बलबान हुन्छन्।
-चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन्।
-दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन्।
-बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन।
-दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ।
-बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ।
-ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ।
-कानमा कोठी हुनेको आयू छोटो हुन्छ।
-गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ।
-दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ।
-बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ।
-नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ।
-दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन्।
-कम्मरमा कोठी हुने रोगी हुन्छन्।
-पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन्।
-दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन्।
-बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन्।
-दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन्।
कोठीजस्तै देखिने अन्य समस्या
सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन्। त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरू पनि एकसाथ हुन सक्छन्। मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन्।
यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रूपमा लिइन्छ। यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरूको समस्या पनि हुन सक्छ। कुनै-कुनै अवस्थामा बेसल सेल क्यान्सर भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ। यस्तै ज्यादै गाढा काला टाटाहरू पनि हुन सक्छन्।
ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रूपमा पनि आउन सक्छ। जस्तै:क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ। त्यस्तै एस लिफ स्पटहरू ट्युबरस स्क्लेरोसिस भन्ने रोगमा आउँछ। यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू हुन सक्छन्।
खराब कोठीको पहिचान:
साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन। धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ। कोठी र अन्य रोगहरूमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउपर्छ। कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ। वंशाणुगत रोगहरूसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ।
सबै कोठीको उपचार गरिहाल्नर्पर्छ भन्ने छैन। अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्त्रिनको प्रयोग पर्याप्त हुन सक्छ। त्यसबाट पनि नहटे कालो हटाउने औषधि जस्तै: हाइड्रोक्विनन् र न्थिअयष्अि बअष्म क्रिम प्रयोग गर्न सकिन्छ। धेरै भएमा लेजर उपचार पनि गर्न सकिन्छ। घामले देखिने ठाउँको कोठीका लागि चिकित्सकको परामर्श लिएर हटाउन सकिन्छ। यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर हटाउन सकिन्छ।
सावधानी:
यदि भइरहेको कोठी अचानक बढ्न थाल्यो, रगत आउन थाल्यो, घेरा र रङ्ग परिवर्तन हुन थाल्यो वा एकदमै बढी चिलाउन थाल्यो भने चिकित्सकको परामर्श लिएर उपचारतर्फलाग्न पर्छ। मुखभित्र धेरै कोठीहरू छन् भने र पेट दुख्ने वा दिसामा रगत वा कालो दिसा धेरै हुन थाल्यो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनपर्छ। कालो कोठीवरिपरि सेतो हुन थाल्यो भने पनि चिकित्सकको परामर्श अनिवार्य हुन्छ
Post a Comment