बिराटनगर, माघ १० गते । २०७३, रातो तारा डट कम -
मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यलयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान-११ जोर सखुवा बस्ने १६ बर्षिय रंजित विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतीयबजार जोगबनीबाट नेपालतर्फ आउदै गर्दा पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एभिल-१२ एम्पुल, लुपिजेसिक-१२ एम्पुल र डाईजेल्याप-१२ एम्पुल बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई आवश्यक कारवाहीकोलागी सिमा प्रहरी चौकी रानीमा बुझाइएको छ।
Post a Comment