काठमाडौं, माघ १० गते । २०७३, रातो तारा डट कम -
नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा टोली काठमाडौंमा आएको छ ।
अर्को महिना नेपाल–चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाको वरिष्ठ कर्णेलको नेतृत्वमा टोली पठाएको हो ।
अबका दिनरूमा नेपाली सेनाले चिन संग बढी सहयात्रा गर्नुु राष्ट्रको हितमा हुने भन्दै जनताले यस बेला खुसि हुदै नेपाली सेनालाई धन्यवाद दिन थालेकाछन।
दुई महिना अघि पनि चिनियाँ सेनाको टोली नेपाल आएको थियो । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ ।
चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिइएको छ ।
यसपटक चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी गरेको छ । चिनियाँ सेनाले विषेश गरेर विकास निर्माण र अस्पताल सम्बन्धी उपकरणहरु दिने सम्झौता गर्ने बताइएको छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनाको टोली नेपाल भ्रमणमा रहेको स्वीकार गरेका छन् । नियमित सम्बन्धका कारण काठमाडौं आएको भन्दै उनले यसमा खास कुरा केही नरहेको प्रतिक्रिया दिए ।
नेपाली सेना र चिनियाँ सेनावीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने रक्षा अधिकारीहरु बताउँछन् । अहिले नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोलीले सैन्य अभ्यासबारे पनि चासो दिएको छ ।
पहिलो पटक हुने लागेको यो अभ्यासमा कति जना सहभागी गराउने, कुन स्थानमा गर्ने भन्ने लगायतका विषयमा दुई देशका सेनाले तय गरेपछि मिति तोकिने नेपाली सेनाले जनाएको छ ।
अनलाइन बाट
Post a Comment