युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ ९ गते । २०७३, रातो
तारा डट कम -झन्डै एक महिना सम्मको कसरत पछि उत्तरी मोरङको पहाडी गाविस सिंहदेवीमा अवस्थित एक मात्र मावि कल्याणकारीको विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको छ।
आज बसेको समितिको बैठकले दिलिपकुमार ठकुरीलाई अध्यक्षमा सहमति जुटाएपछि ढिलै भए पनि समितिले पुर्णता पाएको हो। शिक्षा ऎन २०२८को संसोधन २०७३अनुसार पुरानो व्यवस्थापन समिति स्वत विघटन भएपछि कल्याणकारीमा पुस २१गते गठन प्रक्रिया अगाडि बढेपनि आज सम्म समितिले पुर्णता पाएको थिएन।विद्यालय भित्रै शिक्षक प्रतिनिधि पठाउने विषयमा नै झन्डै दुई हप्ता सम्म सहमति जुट्न सकेको थिएन।
शिक्षक प्रतिनिधिमा निक्कै ठूलो कसरत पछि मदन राईलाई पठाउने सहमति भएपछि समिति गठनले प्रक्रियाले थप गति लिएको थियो।समितिको मनोनित सदस्यहरुमा अनरबहादुर शाही,कृष्णमाया लाओती चयन भए पछि समितिले पुर्णता पाउन सहज वातावरण बनेको विद्यालयका शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए।समितिका अन्य सदस्यहरुमा पृतबहादुर लिम्बू,कल्पना राई,शिक्षक प्रतिनिधि मदन राई,सदस्य सचिव बसन्तकुमार खाण रहेका छ्न।
शिक्षा क्षेत्रमा राजनीतिक खिचातानी हुनुहुदैन भने पनि कल्याणकारी माविमा राजनीतिक खिचातानीले गर्दा यस्तो गाह्रो स्थिति सृजना भएको अभिभावकहरु बताउँछन।कल्याणकारी माविले यहीँ फागुणमा स्वर्ण महोत्सव मनाउने हुनाले पनि यो समिति महत्वपूर्ण ठानेर समितिमा रहन धेरैले चाहना गरेको स्थानीयहरुको बुझाइ छ।
Post a Comment