झापा, माघ १० गते।२०७३, रातो तारा डट कम -
जङ्गली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका-२ मा आइतबार एक महिलाको मृत्यु भएको
छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेकी छिन्।
विहान ११ बजेतिर घर नजिकै रहेको मायालु दाउरा खोज्न गएकी गएकी लिम्बू बेलुका सम्म नफर्कीएपछी खोजी गर्ने क्रममा उनलाई स्थानियले सोही वनमा हात्तीले आक्रमण गरेको अवस्थामा मृत भेटेका थिए।
उनी संगै गएकी सोही ठाउँकी १२ बर्षिय सर्मीला लिम्बु भने बेपत्ता भएकी छिन्। उनको प्रहरीबाट खोजी भइरहेको प्रहरी चौकी महेशपुरले जनाएको छ।
Post a Comment