धनकुटा, माघ ११ गते।
धनकुटाको मारेकटहरे ७ स्थित फ्याङलुङ जंगलबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनकुटा मारेकटहरे ७ बस्ने ५५ वर्षिय उदय मगर रहेको प्रहरी चौकी मारेकटहरेले जनाएको छ।
मगरलाई प्रहरीले विशेष सुचनाका आधारमा मंगलबार बिहान जंगलमा चोरी शिकारी गर्न निस्केको अवस्थामा पक्राउ गरेको हो। उनीसंगै शिकार खेल्न निस्केका गगिन मगर फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ।
Post a Comment