Websoft University

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन: प्रधानमन्त्री



काठमाण्डाै, माघ ११ गते । २०७३, रातो तारा डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

आज बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्यास सहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि जानकारी गराउनुभएको छ । उहाले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिनुभयो ।

जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.