Websoft University

२० बुँदे घोषणा पत्र जारी गर्दै सकियो एमालेको राष्ट्रिय भेला


कास्की, माघ ११ गते । २०७३, रातो तारा डट कम -
नेकपा एमालेका जनवर्गीय संगठनहरु आवद्ध राष्ट्रिय भेला तथा प्रशिक्षण २० बुँदे पोखरा घोषणा जारी गर्दै सम्पन्न भएको छ । माघ ९ गतेदेखि पोखरामा भएको भेलामा नेकपा एमालेका २० जनवर्गीय संगठनका झण्डै ४ हजार प्रतिनिधि सहभागी थिए ।

भेलाले पार्टीको नीति, कार्यक्रम र सिद्धान्तप्रति प्रतिवद्ध रहने, पार्टीको संगठनात्मक सिद्धान्त अनुरुप आआफ्ना संगठन परिचालित गर्ने, सबै जनवर्गीय संगठनहरुमा महिला, दलित, अल्पसंख्यक, तराइबासी मधेसी, जनजाति, मजदूर, किसानआदिको समावेशी प्रतितिनिधित्व गर्ने घोषणा गरेको
छ ।

त्यसैगरी पोखरा घोषणामा जनवर्गीय संगठनहरुको बीचमा एक आपसमा सहयोग आदानप्रदान गर्ने, नेकपा एमालेको सातौं केन्द्रीय बैठकले पार्टी एकताको लागि जारी गरेको विशेष प्रस्तावको समर्थन गर्ने, औपचारिक कार्यक्रमलाई तडकभडक नबनाउने, जातीय छुवाछुत, लैगिंक तथा सामाजिक विभेदपूर्ण व्यवहार गर्ने, महिला हिंसा र साम्प्रादायिक विद्वेष बढाउने व्यवहारको सामूल अन्त्य गर्ने र नेपालको संबिधान कार्यान्वयनमा दुढ प्रतिवद्धता जाहेर गर्ने कुरा लेखिएको छ ।

त्यसैगरी भेलाले संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्ने, ०७४ सालको माघ ७ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गर्न तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्ने  र नेकपा एमालेले आगामी फागुन २१ गतेबाट सुरु गर्ने मेची महाकाली अभियान सफल पार्ने घोषणा पनि गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.