Websoft University

आगलागीबाट गोठ जलेर नष्ट



बिराटनगर, माघ ११ गते। फाएल टेप,
मोरङको लखन्तरी ८ कामतटोलमा मंगलार बिहान आगलागीबाट एक गोठ जलेर नष्ट भएको छ।
लखन्तरी ८ कामतटोल बस्ने भागेश्वर माझिको टाटी बेराले बनेको गोठमा बिहान ११ बजे अचानक बिधुत लाईन सर्ट
भई आगलागी भएको हो।

आगलागीबाट गोठ जल्दा माझीको अन्दाजी एक लाख बराबरको क्षति भएको छ। आगलागी प्रहरी चौकी झोराहाटबाट गएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा ११३० बजे नियन्त्रण भएको छ।

त्यसैगरी ताप्लेजुङको हाङदेवा १ र ९ मा पर्ने देउराली सामुदायिक वनमा आगलागी भएको छ। वनमा सोमबार रातीबाट आगलागी भएको हो। आगलागी प्रहरीबाट नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.