काठमाडौं,माघ ७, गते ।२०७३, रातो तारा डट कम-
बेइजिङस्थित नेपाली दूताबासले पहिलो पटक चिनियाँ लगानीकर्ताहरुलाई भेला गरेर ‘नेपालमा लगानीको अवसर’ शीर्षकमा बृहत कार्यक्रमको आयोजना गरेको छ ।
दूताबासको सभाकक्षमा हिजो आयोजना गरिएको कार्यक्रममा विभिन्न १२ वटा चिनियाँ लगानी कम्पनीका २२ जना प्रतिनिध सहभागी भएका थिए ।
नेपाली दूताबास र चीनमा स्थापित ‘बेल्ट एन्ड रोड एम्बेस्डर फोरम’ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको मुख्य उद्देश्य नेपालमा चिनियाँ लगानीकर्ताहरुलाई आकर्षित गर्नु रहेको थियो ।
चिनियाँ लगानीकर्ताहरुलाई उपस्थित गराउने काम एम्बेस्डरले गरेको थियो । अनलाइन बाट
Post a Comment