Websoft University

हेटौंडामा झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार


धर्मेन्द्र दाहाल-हेटौंडा, माघ ६ गते ।  २०७३, रातो तारा डट कम-मकवानपुरको हेटौंडा बजारमा सडक विस्तार गर्ने क्रममा स्थानीय वासिन्दाले अवरोध गर्दा झडप भएको छ।

हेटौंडा उपमहानगरपालिका १ र १० को बीचमा पर्ने राप्ती रोडमा सडक छेउछाउको घर भत्काउन थालेपछि स्थानीय वासिन्दाले अवरोध गरेका थिए।

हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा सडकको २५ मिटर क्षेत्रभित्र रहेका संरचना भत्काउँदा स्थानीयले अवरोध गरेपछि अहिले दोहोरो ढुंगा हानाहान भएको छ। सडक डिभिजन कार्यालयले ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर निजी घरमा डोजर चलाएको छ।

स्थानीय वासिन्दाले सडक विस्तारको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले स्थानियको भीडलाई अश्रुग्याँस प्रहार गरी तितरबितर गर्ने प्रयास गरिरहेको डोजार लगाएर संरचना भत्काउने काम भइरहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा परिचालन भएका छन्।

स्थानीय वासिन्दाले ढुंगा प्रहार गर्दा एक प्रहरी घाइते भएका छन्। प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.