बिराटनगर, पुस २६ गते।
संखुवासभाको मत्स्यपोखरी गाविसमा मंगलबार बिहान गाईवस्तुलाई खोले पकाउनेक्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।मत्स्यपोखरी गाविस ४ कागते बस्ने बहादुर गुरुङको घरमा विहान ९ बजे खोले पकाउनेक्रममा आगो सल्किएर आगलागी भएको हो।
आगलागीबाट गुरूङको दुई तले ढुङा माटोले बनेको घर, घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन र खाधान्नहरु जल्दा अन्दाजी सात लाख ८२ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी स्थानीयवासी र प्रहरी चौकी चिचिलाबाट गएका प्रहरीको सहयोगमा पौने ९ बजे नियन्त्रणमा आएको छ।
Post a Comment