काठमाडौं, माघ ८ गते । रातो तारा डट कम -
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक आज पक्राउ परेका हुन ।
मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ।
उनले आफूसँग साढे दुइ किलो सुन भएको बताएपनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।
जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् । अन्नपूर्ण पत्रका बाट
Post a Comment