Websoft University

ठेकेदार बिक्रम पाण्डेको निर्माण कम्पनी कालिका कन्ट्रक्सन प्रा.लि ले गरेको ४० करोड भ्रष्टाचारको छानबिन सुरु



बिराटनगर, माघ ८ गते ।२०७३, रातो तारा डट कम -
भुमिसुधार तथा व्यवस्थापन मन्त्री तथा ठेकेदार बिक्रम पाण्डेले निर्माण सामग्रीमा घोटाला गरेर गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै उजुरी परेको छ ।

उनले वीरगञ्ज उपमहानगरपालिकाभित्र ढल निकास सुधार आयोजनामा कम गुणस्तरको सामान प्रयोग गरेको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध छानविन गर्न समिति नै गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालय अन्तरगत रहने सतर्कता केन्द्रका प्रहरी अधिकृतहरु सम्मिलित समितिलाई मन्त्री पाण्डेको निर्माण कम्पनीले वीरगञ्जमा गरिरहेको कामको गुणस्तर जाँच गर्न पठाएको छ ।

वीरगञ्ज उपमहानगरपालिकाले त्यहाँभि रहेका १९ वडालाई समेटेर ढल निर्माणका लागि २०७० साल फागुन ३० गते ठेक्का लगाएको थियो । २ सय ८० करोड लागतको उक्त ठेक्का योजना सीटीसी चाइनारकालिका ज्वाइन्ट भेन्चरले हात पारेको थियो ।

बिराटनगर,

कालिका कन्ट्रक्सन प्रा.लि. का प्रोपराइटर भूमि सुधार तथा व्यवस्थापन मन्त्री विक्रम पाण्डेको कम्पनीले बिराटनगर उपमहागरपालिका क्षेत्रमा बिराटनगर नगरपालिकाकै पालिकाकै कर्मचारीको सहयोगमा बिना अनुगमन कमसल सामाग्री प्रयोग गर्दै काम,ढिलो गरेर व्यापक भ्रष्टाचार  गरिरहेको जनगुनासो हाल बिराटनगरमा बढदोछ ।

यो खुल्याम भ्रष्टाचार देखेर  बिराटनगर बासि यितिखेर
आक्रोशित  भएका छन् र सरकार संघ छानबिनको माग
गरिरहेका छन। छिटो छानबिन नभए बिराटनगर वासिले
उजुरीको प्रक्रिया अगाडि बढाउने भएको बुझिएको छ।

बिक्रम पाण्डेले देशैभरिकका ठेक्का यसैगरी ज्वाइन्ट भेञ्चरमा पार्छन् । अर्को कम्पनीलाई काम लगाएर राम्रो कमिशन हात पार्छन् र सक्ति केन्द्रमा पनि रकम बांढछन र
आफू चै जोगिदै आएका छन।

कालिकाले २०७३ जेठ ४ गतेसम्म काम सम्पन्न गर्नुपर्ने गरी वीरगञ्ज उपमहानगरपालिकासँग सम्झौता गरेको थियो, त्यसै
गरि बिराटनगर संग, समयमा काम सम्पन्न गरिसक्ने सम्जोैता
गरेको थियो।

तर समय बितेको करिब ८ महिनापछि जम्मा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा पनि गुणस्तरहीन सामान प्रयोग भएको पाइएको कुरा जनताहरूले बताइरहेका छन।

ठेक्का लिँदा घोटाला, गुणस्तरमा पनि घोटाला
ठेकेदार मन्त्री पाण्डेले सम्झौता अनुसार समयमा काम त सकेनन्, कामको गुणस्तरमा समेत घोटाला गरेका छन् । ढल निर्माणका लागि तोकिएको गुणस्तर कायम नगरेर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा प्रधानमन्त्री कार्यालयले उनीविरुद्ध  हाल छानविन थालेको छ ।

उनले उपमहानगरपालिका र एडीबीका प्रतिनिधीहरुसँग मिलेर कम गुणस्तरको सामान प्रयोग नगरेको र त्यसबापत उनीहरुलाई कमिशन बाँडेको आरोपमा छानविन सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई जानकारी
गराएको छ ।

उनले समयमै काम सम्पन्न गर्न नसक्नुमा भूकम्प, त्यसपछि मधेस आन्दोलन र नाकाबन्दीलाई कारणका रुपमा देखाएको भए पनि त्यो कुरा सत्य छैन ।

सम्झौता अनुसार उनले काम सुरु गरेको २ सय ९६ दिनमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । यसअन्तरगत मन्त्री पाण्डेले वीरगञ्ज उपमहानगरपालिकाभित्र १९ वडामा करिब ८५ किलोमिटर ढल र ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने
थियो ।

४० करोड घोटालाको अर्को छुट्टै छानविन
ठेकेदार मन्त्री पाण्डेले डिजाइन परिवर्तन गरेर करिब ४० करोड घोटाला गरेको आरोपमा यसअघि नै स्थानीय विकास मन्त्रालयले छानविन थालेको थियो । जुन नक्साका आधारमा काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो, ठेक्का परेपछि ठेकेदार मन्त्री पाण्डेले नक्सा परिवर्तन गरेर करिब ४० करोड घोटला गरेको आरोप लागेको छ ।

स्थानीय विकास मन्त्रालयले नक्सा परिवर्तन गरेको सम्वन्धमा छानविन गर्न उपसचिवको नेतृत्वमा छानविन समिति गठन गरेर पठाएको भनिएको छ । सो छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गर्दैरहेको पनि
बुझिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.