Websoft University

भोजपुरका अग्निपीडितलाई राहत प्रदान


भोजपुर, माघ ८ गतेे ।२०७३, रातो तारा डट कम -
भोजपुर सदरमुकामका अग्निपीडितलाई भोजपुर–विराटनगर सेवा समाज समितिले राहत रकम हस्तान्तरण गरेको छ ।

गत मङ्सिर ५ गतेको आगलागी पीडित आठ घरपरिवारलाई समाजबाट संकलन भएको ९७ हजार २७६ को बैंक भौचर आज हस्तान्तरण गरिएको समाजका सदस्य मणि प्रधानले जानकारी दिए ।

सोही क्रममा आगलागी पीडित गणेश श्रेष्ठले हालसम्म प्राप्त राहत रकमले पुनःनिर्माणमा प्रेरणा मिलेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.