Websoft University

बाटो नभएपछि स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन सकेन



बनियानी (झापा), २८ पुस । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।

निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा रु एक करोड ६८ लाख ३९ हजार १२१ को लागतमा सुविधा सम्पन्न दुई तले भवन बनेको छ ।

नवनिर्मित स्वास्थ्य चौकीको भवन बाटोदेखि करिब १५० मिटरको दूरीमा खेतको बीचमा रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले सरकारले भवन निर्माणका लागि मात्र रकम दिने भएकाले जग्गाको समस्या त्यहीका स्थानीयवासीले समाधान गर्नुपर्ने बताउनुभयो । बाटोको टुङ्गो नलागी भवन निर्माण गर्न मिल्छ भन्ने राससकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो – “बाटोबिनै भवन कसरी बन्यो त्यो आश्चर्यको कुरा हो, स्थानीय स्वयम्ले यसको समाधान गर्नुपर्छ ।”


बाटोका विषयमा गाविस सचिव सोमनाथ पौडेलसँग बुझ्दा उनले गाउँ परिषद्को भेलाबाट बाटोको समस्याको समाधान गर्ने बताउनुभयो । “एक साताभित्र गाउँ परिषद्को भेला बोलाएर बाटोको समस्या समाधान गर्ने तयारीमा हामी छौँ” – सचिव पौडेलले भन्नुभयो ।


जग्गादाताले पहिला बाटो दिने मौखिक सहमति गरे पनि हाल आएर नदिएपछि समस्या भएको उहाँको भनाइ छ ।

बाटो निश्चित नभइ भवन निर्माण गरिँदा अहिले स्वास्थ्य चौकी केचनामा समस्या भएको छ । रासस
-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.