Websoft University

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते


पाँचथर, माघ ८ गते।२०७३, रातो तारा डट कम-
पाँचथरको नागिन-९ मा शनिबार श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका छन्।

घाइते हुनेमा नागीन-९ बस्ने ५३ बर्षिय बिर्खबहादुर थाम्सुहाङ रहेका छन्। थाम्सुहाङलाई उनकै श्रीमती ५० बर्षिया लिला कुमारी थाम्सुहाङले विहान ११ बजेतिर घरायसी झगडा हुदाँ खुकुरी प्रहार गरेकी थिइन्।

खुकुरी प्रहारबाट घाइते श्रीमानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारनमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने लिला थाम्सुहाङलाई अस्थायी प्रहरी चौकी नागिनले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.