Websoft University

विवाह विथोल्ने २० युवा पक्राउ


बिराटनगर, माघ ९ गते । रातो तारा डट कम -
उर्लाबारी/मोरङको टाँडी–४ स्थित भवानी लावतीको विवाह बिथोल्ने र विवाहमा आएका पाहूनामाथि हातपात गर्ने २० जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति साढे ११ बजे करिब ५० जनाको सङ्ख्यामा रहेका युवा समूहले विवाह विथोल्नुका साथै विवाह आसपासका प्रत्येक घरपरिवारलाई अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् ।

उनीहरुले विवाह घरभित्र पसेर लोकन्दीहरुको कपाल जगल्टीनुका साथै कुटपिट समेत गरेको पीडितले आरोप लगाएका छन् । रातभर विवाहमा अवरोध सिर्जना गरिरहेपछि स्थानीय वासिन्दाले टाँडीस्थित अस्थायी प्रहरी चौकीमा खबर गरेका थिए ।

टाँडी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन नसकेपछि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली त्यहाँ पुगेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा उर्लाबारी–१ का २२ बर्षिय शम्भु राई, २१ बर्षिय नविन लिङदेन, २६ बर्षिय तिलक राई, उर्लाबारी–२ का २१ बर्षिय सिमन राई, २० बर्षिय किरण लिङदेन, २१ बर्षिय प्रितम राई, २० बर्षिय दिपेश घले, १८ बर्षिय मनिष राई, उर्लाबारी–५ का २५ बर्षिय आशिष आचार्य, टाँडी–८ का १९ बर्षिय राम लिम्बु, २४ बर्षिय सारु मगर, २४ बर्षिय अशोक लिम्बु, २० बर्षिय शम्भु लिम्बु, १८ बर्षिय विशाल लिम्बु, १९ बर्षिय लक्ष्मण लिम्बु, १९ बर्षिय दर्शन खड्का, २३ बर्षिय दिशन लिम्बु, १९ बर्षिय प्रशान्त लिम्बु, मधुमल्ला–४ का १८ बर्षिय असिन लिम्बु र २० बर्षिय दिपेन राई छन् ।

पक्राउ परेका युवाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.