Websoft University

लागुऔषधसहित एक पक्राउ


मोरङ,पुस २८ गते।
मोरङको हात्तीमुडा-८ स्थित राहुल पेट्रोलपम्प नजिकैबाट प्रहरीले बुधबार लागुऔषधसहित एक जनालाई पक्राउ  गरेको छ। पक्राउ पर्नेमा सुन्दरदुलारी-१ बस्ने १८ बर्षिय सबिन चौधरी रहेका छन्।

चौधरीलाई  इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट फेनारगन-८ एम्पुल, डाईजेपाम्प-९ एम्पुल, लुप्रिजेसिक-८ एम्पुल बरामाद गरेको छ।

 लागुऔषधसहित पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.