
काठमाडौं, पुस २८ गते ।
म्याग्दी, उपल्लो मुस्ताङ र तिब्बतको सीमा क्षेत्रमा अन्तरदेशीय व्यापार मेला सुरू भएको छ। उत्तरतर्फको कोरला नाकामा २५ दिनसम्म चल्ने मेलामा मुस्ताङी र तिब्बती व्यापारीले आफ्ना उत्पादन बिक्री गर्नेछन्।
सीमाबाट करिब ११ किलोमिटर पर तिब्बती भूमिमा लागेको मेलामा तिब्बतमा उत्पादिन निर्माण सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु पशु दाना, पस्मिना, ऊन, भेडा र च्यांग्राको सुकुटी लगायतका स्टल राखिएको 5
तिब्बतको झोङवासेन जिल्ला र उपल्लो मुस्ताङका व्यापारीको सहकार्यमा भएको मेलामा नेपाली र तिब्बती व्यापारीले स्टल राखेका छन्।
अरु बेला बन्द रहने नाकामा व्यापार मेला स्थलसम्म चिनियाँ सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था मिलाउने गरेका छन्। ुअनुकूल मौसम भएकाले मेलामा उत्साहजनक सहभागिता रहन्छ। यसपटक धेरै व्यापारी मेलामा पुगेका छन्, दिव्यदिप मावी छोसेरका प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार बुधबार सुरू भएको मेलामा सहभागी हुन व्यापारीहरू सीमातर्फ लागेका छन्। नेपाली उत्पादनभन्दा चिनियाँ सामग्रीको व्यापार अत्यधिक हुने मेलामा उपल्लो मुस्ताङका व्यापारीले तिब्बतको झोङवासेन जिल्ला तथा आसपासका क्षेत्रमा बासोबास गर्ने तिब्बतीले प्रयोग गर्ने वस्तुका स्टल राख्ने गरेका छन्। विगतका मेलामा नेपालीले किनमेलका लागि मात्र भाग लिने गरेकामा यस वर्ष व्यापार गर्ने सोचका साथ गएका छन्।
ुयसपटक व्यापारीहरु आशावादी छन्। मेलाप्रति चिनियाँ चासोले पनि उत्साह थपिएको छ,ु व्यापारी कर्मा गुरूङले भने। विगतमा मुस्ताङीले अनुरोध गरेपछि मात्रै मेलाप्रति सक्रियता देखाउने तिब्बतीले यसपटक देखाएको सक्रियतालाई उनले नाका खोल्ने तयारीका रुपमा बुझेका छन्। सहभागीका अनुसार यार्सागुन्बु सहित बहुमूल्य जडीबुटीप्रति चिनियाँ व्यापारीले चासो देखाउने गरेका छन्। मेलामा झोङवासेन र लाब्राङ बजारका व्यापारीले निर्माण सामग्री, लत्ताकपडा, भेडाच्यांग्रा तथा घोडासमेत बिक्री
गर्छन्। वर्षको दुईपटक लाग्ने मेलामध्ये असारमा खाद्य, निर्माण सामग्री सहितका घरायसी सामान र भदौमा तिब्बती भेडाच्यांग्रा खरिद–बिक्री धेरै हुन्छ।
बर्खामा बेनी–जोमसोम सडक अवरुद्ध हुने भएकाले पनि उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ लगायतका बासिन्दाले तिब्बती सामान प्रयोग गर्छन्। नेपाली उत्पादनको तुलनामा चिनियाँ सामग्री सस्तो हुन्छ। पछिल्लो समय चिनियाँ व्यापारीले मोबाइल तथा इलोक्ट्रोनिक्स सामानसमेत मेलामा ल्याउने गरेका छन्।
नेपाल सरकारको कमजोरी र कम प्राथमिकताका कारण वर्षौदेंखि वैशाखमा एउटा मेला लगाउने मुस्ताङीको चाहना पूरा हुन सकेको छैन। दुवै देशका व्यापारीले मेलामा ल्याएको सामानलाई चिनियाँ सुरक्षाकर्मीले निकै चासोपूर्वक हेर्ने गर्छन्। मेलामा तिब्बती धार्मिक नेता दलाइ लामाका तस्बिर, लकेटसहित पुस्तक बिक्री–वितरण गर्न पाइँदैन। मेला आसपास क्षेत्रमा धेरै दलाइ लामाका अनुनायी भएकाले पनि नाकामा कडाइ हुने गरेको व्यापारीको भनाइ छ। तिब्बती र उपल्लो मुस्ताङबासीले दलाइ लामालाई भगवानजस्तै मान्छन्। मेलामा साझँपख तिब्बती कला र संस्कृति हेर्न र रमाइलो गर्न पाइन्छ।
सन् २००२ मा मुस्ताङ–तिब्बतबीच भएको वार्ताको धारा १ उपधारा ३ मा भएका सहमति अनुसार दुई देशका बासिन्दालाई ३० किलोमिटरसम्म निर्वाध आवतजावत गर्न दिने भएपछि व्यापार मेला सुरु गरिएको बताइन्छ। विगतमा व्यापार मेलामा जाने मुस्ताङका व्यापारीलाई परिचयपत्र माग्ने, मनपरी मूल्य लिने गरिएकाले नेपाली व्यापारी मेलाप्रति रुष्ट थिए। सीमा क्षेत्रमा आयोजना गर्ने मेला मुस्ताङको बस्तीनजिकै ल्याउनुपर्ने प्रस्ताव छलफलका बेला राख्नुपर्ने उपल्लो मुस्ताङका बासिन्दाको माग छ।
मुस्ताङीले बिक्री गर्ने सामान तिब्बतीसँग पनि हुने भएकाले किन्न हिच्किचाउने गर्दछन् भने तिब्बतीले माग र आवश्यकता हेरेर मेलामा सामान ल्याउने गरेका छन्। यसैबीच, मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी समेत उपल्लो मुस्ताङ पुगेका छन्। नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिज निजी भ्रमणमा उपल्लो मुस्ताङमा छिन्। १० दिन लाग्ने मेला अवधि बढाएर २५ दिन र पुर्यालइनु चिनियाँ बढी सक्रिय देखिनुलाई कोरला नाका खोल्ने पूर्वअभ्यासका रुपमा लिइएको छ। मेलामा करिब ५ करोडको कारोबार हुने अनुमान छ
Post a Comment