मोरङ,पुस २९ गते । रातो तारा डट कम,
बिराटनगरमा एक नम्वर प्रदेशका बिभिन्नठाउहरुबाट आएका राजवंशीहरुले मानव साङलो बनाएर गणतान्त्रिक चोक आज दिउसो एक छिन घेराउ गरेका थिए ।
राजवंशी उत्थान समितिका अध्याक्ष भुवनेस्वर मडल,र रमेशकुमार राजवंशीको सक्रियतामा आज बिराटनगरमा कार्याक्रम भएको हो । सो कार्याक्रममा उपस्थित राजवंशीहरुले आफना मागहरु प्रर्दशन गर्दै मानव साङलोमा उभिएर आफना मागहरु राखेका थिए।
एक नम्बर प्रदेशको राजधानी बिराटनगरमा हुनु पर्छ र राजवंशीहरुलाई यो संबिधामै जनजातिको लिष्टमा सुचीकृत गरिनु पर्ने जस्ता मागहरु राखेका थिए ।
Post a Comment