Websoft University

जनप्रर्दशन गर्दै भारतिय दुतावास घेराउ


बिराटनगर,पुस २९ गते । रातो तारा डट कम-
माओवादी पाटिकै सरकार हुँदा २०६५ सालमा कोशी बाध फुटेकाबेला बाधको सामान ल्याउन सजिलो होस भनेर बिराटनगर र बिरगन्जमा गैर कानुनी तरिकाले भारतिय दुताबास खोलिए पछि नै सो कार्यालयको व्यापक बिरोध भएको थियो ।

पटक पटक सो दुतावास बन्द गर्न आम नेपाली जनताले बिरोध गरेपनि सरकारले आज सम्म दुतावास हटाउन पहल समेत नगरेकोमा व्यापक जनगुनासो बढेकोछ ।

धरबेन्द्र वासतोला स्थाईसमिति सदस्य, पदम राई, बिप्लव समुह,सिपी गजुरेल उपाध्याक्ष नेकपा माओवादी क्रान्तिकारी बैध समुह,को नेत्रित्वमा आज बिराटनगरमा व्यापक जनप्रर्दश गर्दै,बिरानगरमा रहेको भारतिय दुतावास घेराउ गरेका थिए ।

भारतले नेपाल संघ गरेका जलबिधुत उत्पादन संग सम्बन्धीत सन्धी संम्जौताहरु खारेज हुनु पर्ने जस्ता नारा हरुलगाउदै भनेका छन, माथिल्लो  कर्णाली,माहाकाली,अरुण तेस्रो जस्ता नेपालका खोला नाला भारतले कब्जा गर्ने र नबनाउने भएकाले यस्ता राष्ट् घाती सम्जौताहरु तु खारेजिको माग समेत गरेकाछन ।

सरकारले भारतिय दुतावास बिराटगरबाट तुरुन्तै नहटाए अरु ससक्त आन्दोलन गर्ने समेत ठुलो सख्यामा दुतावास घेराउमा पुगेका माओवादी सहभागि कार्यकर्ताहरुले बताएका छन ।

नेकपा माओवादीले हेटौडा महाधिवेशनबाटै भारतिय बिस्तार वाद भन्ने शब्द हटाएको कुरा आज भोलि फेरी सुन्नथालिएको भन्दै यो शब्द आम जनचर्चामा पुगेको पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.